आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा फुयाँलको निरन्तरता

आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा फुयाँलको निरन्तरता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँलले दोश्रो कार्यकालका लागि पनि निरन्तरता पाएका छन् ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्सको सञ्चालक समितिको निर्णयका आधारमा फुयाँलको करार सम्झाैता नविकरणका लागि स्वीकृति दिएको हो । प्राधिकरणका अनुसार सोमबार फुयाँलको नियुक्ति सम्बन्धि सिफारिश स्वीकृत गरिएको हो । अब उनले थप ४ वर्ष इन्स्योरेन्सको नेतृत्व गर्नेछन् ।

इन्स्योरेन्सको साउन १४ गते बसेको २०१ औं बैठकले फुयाँलको पहिलो कार्यकालको प्रगती उत्कृष्ट रहेकाले थप एक कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय प्राधिकरणबाट स्वीकृत भएपछि सोमबारदेखि फुँयालको नियुक्ति सम्बन्धि सञ्चालक समितिको निर्णयले औपचारिकता प्राप्त गरेको हो ।

Recent Comments

No comments to show.