स्ट्याण्डर्ड चार्टर्डको खुद नाफा ३ अर्ब ३१ करोड, लाभांश क्षमता कति ?

स्ट्याण्डर्ड चार्टर्डको खुद नाफा ३ अर्ब ३१ करोड, लाभांश क्षमता कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुद नाफामा झिनो गिरावट आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.५१ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६ करोड कम हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेर ५ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।

हाल ९ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६३ करोड र रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड रुपैयाँ संचित छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले २६.५० प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ४.२७ प्रतिशतले घटेको छ भने कर्जा ४.२५ प्रतिशतले बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँले घटेर ३५.०९ रुपैयाँमा झरको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.२१ गुणा, खराब कर्जा २.१४ प्रतिशत, बेसरेट ६.६ प्रतिशत, स्प्रेडदर ४ प्रतिशत र सीडी रेसियो ७६.८३ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.