सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि शुक्रबार दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुख मियाँले आज (आइतबार) साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

Recent Comments

No comments to show.