साउन २० गते आइतवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

साउन २० गते आइतवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २० साउन २०८१ | आइतवार ४-अगस्ट २०२४। श्रावण कृष्णपक्ष, औंसी तिथि, १५ः५९ बजेपछि प्रतिपदा। तिष्य नक्षत्र, १३ः५३ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष : आज अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानामा अरुची बढ्नेछ। खान मन नलाग्दा स्वास्थ्यमा समस्या हुनसक्छ। धन आर्जनको भने अवसर मिल्नेछ। शिक्षाबाट उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीको सम्मान हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट धन कमाउने योग छ। व्यापार र कृषि क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारमा शान्त वातावरण रहने दिन छ।

मिथुन : धार्मिक कार्यमा सहभागी भएमा काममा उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा उन्नति नै हुने दिन छ। पश्चिमको लामो यात्रा भने नगर्नु राम्रो हुन्छ।

कर्कट : चन्द्रमा तपाईंको राशिमा भएकाले अवसर प्राप्त हुनेछन्। आज एकपछि अर्को अवसर लगातार प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगको जोखिम बढ्नेछ।

सिंह : विपक्षीको जालझेलबाट सावधान हुनुपर्ने दिन छ। आलश्यता बढ्नेछ। बल भन्दा बुद्धिको प्रयोगमा गरेको काममा उन्नति हुनेछ। परिवारसँगको एकोहोरो प्रेममा धोखा खाने जोखिम छ।

कन्या : धार्मिक कार्यमा सहभागी हुने योग छ। धार्मिक योजनाबाटै धन आर्जन गर्नुपर्ने देखिन्छ। नयाँ प्रविधिको व्यवहारिक ज्ञान आर्जन गर्न सफल बन्ने योग छ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको बुझाइ र तपाईंको सोच फरक हुनाले टकराब बढ्ने जोखिम छ।

तुला : परिवारमा शुभ कार्य हुनेछ। यस्ता काममा तपाईं प्रत्यक्ष सहभागी हुनुपर्नेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक कामको अवसर मिल्नेछ।

वृश्चिक : धन आर्जन गर्ने दिन छ। एकपछि अर्को अवसर प्राप्त हुनेछन्। तपाईंको कार्यकुशलताको धेरैले प्रशंसा गर्नेछन्। परिवारसँगको सम्बन्ध समुधुर बन्नेछ। खानपानको ख्याल नगर्दा रोगले सताउने खतरा रहेको छ।

धनु : दैनिकी सामन्य छ। तपाईंको निन्दा हुनसक्छ। परिवारमा एक्लो महसुस भए पनि प्राविधिक क्षेत्रमा गरेको प्रयासबाट नाम र दाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : राजनीतिक र सामाजिक प्रतिष्ठा कायम गर्न लगानी गर्नुपर्ने हुनसक्छ। परिवारको सहयोगबाट तपाईंको काम बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे रोगले सताउने जोखिम छ।

कुम्भ : आज कला र साहित्यमा मन जानेछ। सामाजिक सेवाको अवसर मिल्नेछ , पुराना रोगको वेवास्ता गर्दा जोखिम बढने डर छ। परिवारको सहयोग प्राप्त हुँदा दिन रमाइलो बन्नेछ। धार्मिका कार्यमा सहभागी भएमा दिन शान्त हुनेछ।

मीन : महत्त्वपूर्ण अवसर प्राप्त हुने दिन छ। दैनिकी सहज बन्नेछ। महत्तवकांक्षामा लाग्दा तपाईंको इज्ज्तमा प्रश्न उठने जोखिम देखिन्छ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। आज बिहान गणेश भगवानको पूजा गर्नाले भाग्यको उदय हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.