सेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज

सेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा संस्थागत तर्फको २० करोड रुपैयँँको सीमा खारेज गरेको छ ।

शुक्रबार चालु आवको मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न सर्कुलर जारी गर्दै २० करोडको सीमा हटाएको हो । राष्ट्र बैंकले व्यक्तिगत तर्फको १५ करोडको सीमा भने यथावत राखेको छ ।

‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागू हुने छैन,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।

हालसम्म संस्थागत लगानीकर्ताले बैंकिङ प्रणालीबाट अधिकतम २० करोड रूपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो।

Recent Comments

No comments to show.