२५ सदस्यीय पुग्यो मन्त्रिपरिषद्, ३ राज्यमन्त्री थप

२५ सदस्यीय पुग्यो मन्त्रिपरिषद्, ३ राज्यमन्त्री थप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोकेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त भएका हुन् ।

तामाङ र बिक नेपाली काँग्रेस तथा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्री बनेका हुन् । उनीहरुको आजै शपथ हुनेछ । यो विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ ।

Recent Comments

No comments to show.