प्रवचन ‘ट्रोल’ भएपछि चन्द्रकला भन्छिन – म विदुषी होइन, त्रुटिहरू हुन सक्छन् !

प्रवचन ‘ट्रोल’ भएपछि चन्द्रकला भन्छिन – म विदुषी होइन, त्रुटिहरू हुन सक्छन् !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यति बेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। उक्त कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् । 

‘जिभ्रोको स्वभावै चिप्लिनु हो ।  बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ’, उनले भनिन् । 

उनले थप भनिन्, ‘म कुनै विद्वान होइन । म कुनै पण्डित, विदुषी होइन । जसको कारण यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरू हुन सक्लान् । त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।’

बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भएको बताएसँगै त्यसलाई बुझ्ने नबुझ्ने दुवैले हाँसोको समेत विषय बनाएका छन् ।

गोरुले मयूर (पंक्षी) लाई प्रिय मानेर भोजनका रुपमा खाने गरेको कथामा सुनाएपछि अनेक अर्थ लगाएर उनलाई उडाउने काम भइरहेको छ ।

‘शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्प धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह हुनुहुन्छ । कार्तिकेयको बहान हो मयूर । गणेशजीको बहान मुसा हो । पार्वतीको बहान सिंह जो छ, साइन्स (विज्ञान) मा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने मुसा हो । तर, शिव परिवारभित्र एक-आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेक जातजाति छौँ, सबै मिलेर बस्न सक्छौं, बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?’, उनले बुधबार यसरी प्रवचन दिँदै कथा सुनाएकी थिएन ।

अहिले यही प्रवचनको अंशका रुपमा रहेको गोरुको प्रिय भोजन मयूर रहेको प्रसंगलाई लिएर चन्द्रकलालाई एउटा पंक्तिले हाँसीमजाकको विषय बनाइरहेको छ ।

उनी प्रवचनकै लागि बेलायतबाट नेपालसम्म आएकी हुन ।

Recent Comments

No comments to show.