टिआरसी विधयेकमा दलहरूबीच सहमति

टिआरसी विधयेकमा दलहरूबीच सहमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधयेक (टिआरसी)मा दलहरूबीच सहमति जुटेको छ।

बिहीबार बिहान गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन बनेको संयन्त्रको बैठकले विधेयकमा सहमति जुटाएको हो।

विधेयकका सबै कुरामा दलहरूबीच सहमति जुटेको बताउँदै गृहमन्त्री रमेश लेखकले यो राम्रो उपलब्धि भएको बताए।

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी थिए।

त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी थिए।

Recent Comments

No comments to show.