काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया