राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । 

सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले  राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई  ४ बुँदे निर्देशनसमेत जारी गरेको छ । 

Recent Comments

No comments to show.