औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै औद्योगिक वातावरण निर्माणमा सरकार लागेको बताए।

‘सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, उक्त लक्ष्यलाई पूरा गर्न देखिएका अफ्ठ्यारालाई हल गर्दै सरकार अगाडि बढ्छ,’ मन्त्री खड्काले भने।

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउँदै मन्त्री खड्काले उद्योगी व्यवसायीको आम्दानी वृद्धि हुने गरी सरकारले काम गर्ने भएकाले सोहीअनुसार कर तिर्नसमेत व्यवसायीलाई आग्रह गरे।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अझै पनि कतिपय उद्योगीले लोडसेडिङको समस्या भोग्नुपरेकाले समाधानका लागि सहजीकरण गर्न आग्रह गरे।

उनले ऊर्जा उत्पादनलाई बढाउनका लागि सरकारले विद्युत्सँगै वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्ने बताए। गुणस्तरीय बिजुली नभई देशको विकास हुन नसक्ने उनको भनाइ थियो।

Recent Comments

No comments to show.