प्रभु बैंकका ग्राहकले र्‍याडिसन होटलमा छुट पाउने

प्रभु बैंकका ग्राहकले र्‍याडिसन होटलमा छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले लाजिम्पाटस्थित  र्‍याडिसन होटलमा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटल बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा होटलका तर्फबाट  निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङानाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरू मध्ये खाना, पेस्ट्री सप, ट्रयानक्युलिटी स्पाका साथै र्‍याडिसनले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरूमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रभु बैंकले हाल देशभरका ३१३ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मा मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.