कांग्रेस र एमालेको सम्बन्ध, दुई आयामिक सम्बन्ध हो : उपाध्यक्ष पोखरेल

कांग्रेस र एमालेको सम्बन्ध, दुई आयामिक सम्बन्ध हो : उपाध्यक्ष पोखरेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेको सम्बन्ध आयामिक सम्बन्ध रहेको बताएका छन्।

नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय मुद्दामा, राष्ट्रलाई संकट परेको बेला ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस र  कम्युनिष्टको सहकार्य हुने गरेको भन्दै कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको बताएका हुन्।

‘नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध दुई आयामिक सम्बन्ध हो भन्ने कुरा बुझ्नुपर्छ । कतिपय राष्ट्रिय मुद्दामा, राष्ट्र संकटमा परेको बेलामा, ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस कम्युनिष्टको सहकार्य पनि हुने गरेको छ,’ उनले भने, ‘तर हामी आम रुपमा राज्य सञ्चालनमा प्रतिस्पर्धा अरु राजनीति क्रियाकलापमा हाम्रा प्रतिस्पर्धा हुने गरेका छन्। यो दुई आयामिक सम्बन्ध बुझेनौं भने हामी असन्तुलित हुन्छौं।’

उनले एमालेबाट निर्देशित हुनका लागि राष्ट्रिय राजनीतिमा एमालेको दृष्किोणलाई ठिक ढंगले बुझ्न आवश्यक रहेको बताए। यदि एमालेको राजनीतिलाई ठिक ढंगले बुझ्न नसकेमा दिशा बिहीन हुने उनको भनाई छ।

‘राष्ट्रिय राजनीतिलाई ठिक ढंगले बुझ्न आवश्यक छ। एमालेसँग नजिक हौं हामी एमालेबाट निर्देशित हुन्छौं भन्ने हो भने हामीले राष्ट्रिय राजनीतिमा एमोको दृष्किोणलाई पनि ठिक ढंगले बुझ्न आवश्यक हुन्छ,’ उनले भने, ‘यदि एमालेको राजनीतिलाई हामीले ठिक ढंगले बुझ्न सकेनौं भने भ्रमित हुन सक्छौं। दिशा बिहीन हुन पुग्छौं।’

Recent Comments

No comments to show.