भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कप

भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घरेलु मैदानमा श्रीलंकाले एसिसी महिला एसिया कपको उपाधि जितेको छ। धम्बुलामा आइतबार भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। याे श्रीलंकाकाे पहिलाे एसिया कप उपाधि हाे।

पहिला ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको मध्यम लक्ष्य श्रीलंकाले ८ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो। उसका लागि हर्षिता समराविक्रमाले अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्।

यस्तै, कप्तान चामरी अट्टापट्टुले ४३ बलमा ९ चौका र २ छक्का मद्दतमा ६१ रन बनाइन्। काविसा दिल्हारीले १६ बलमा ३० रनको योगदान दिइन्। बलिङमा भारतका दिप्ती शर्माले १ विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले स्मृति मन्दनाको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १६५ रन बनायो। उनले ४७ बलमा १० चौका प्रहार गर्दै ६० रन बनाइन्। यस्तै, ऋचा घोषले १४ बलमा ३०, जेमी रोड्रिग्वेजले १६ बलमा २९ रन बनाइन्।

बलिङमा श्रीलंका लागि काविसा दिल्हरीले २ तथा उदेशिका प्रबोधनी, सचिनि निसानसाला र चामरी अट्टापट्टुले समान १ विकेट लिए।

Recent Comments

No comments to show.