पृथ्वी राजमार्गमा पर्ने घरटहरा घरधनी आफैंले नभत्काए सरकारी सुविधा रोकिने

पृथ्वी राजमार्गमा पर्ने घरटहरा घरधनी आफैंले नभत्काए सरकारी सुविधा रोकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ ।

घरधनीले स्वतःस्फूर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गरिने सुविधा रोक्ने पालिकाले जनाएको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पटकपटक घरटहरा हटाउन सूचना प्रकाशन गरे केहीले अटेर गरेपछि यस्तो निर्णय गर्नुपरेको बताए।

‘यसअघि पटक-पटक सूचना प्रकाशन गरी सडक मापदण्डभित्रका संरचना हटाउन ताकेता गरे पनि केही घरधनीले अटेर गर्दै आएका छन् । त्यसैले तत्काल संरचना नहटाए वडा कार्यालय र गाउँपालिकाबाट सुविधा रोक्नुका साथै कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउन थालेका हौँ,’ उनले भने ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुई खण्डमा गरी सडक विस्तारको काम भइरहेको छ । सडक मापदण्डभित्रका संरचना नहटाइदिँदा सडक विस्तारका कार्य प्रभावित भएका छन् ।

Recent Comments

No comments to show.