नेप्सेमा दोस्रो सर्किट, फेरि कारोबार रोकियो

नेप्सेमा दोस्रो सर्किट, फेरि कारोबार रोकियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा दोस्रो पोजेटिभ सर्किट ब्रेक लागेको छ ।

आइतबार बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजार फेरि १६ सेकेण्ड कारोबार हुँदै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको हो ।

नेप्से परिसूचक १२९.०७ बिन्दुले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ । अवधिमा २४४ कम्पनीको ५२ करोड ४९ लाख रुपैयाँ बढीको १३ लाख सेयर किनबेच भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंले चालु आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएसँगै

लगानीकर्ता उत्साहित हुँदा नेप्सेले सर्किट ब्रेक हानेको हो ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । जसकारण सेयर लगानीकर्ता हौसिएका हुन् ।

Recent Comments

No comments to show.