लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । यससँगै उनी पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै गडतौलालाई असार ९ निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो। त्यस्तै, असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

२०७७ कात्तिकमा सचिव भएकी गडतौला यही भदौ १५ गतेसम्म मात्र मुख्यसचिव रहने छिन् । ५८ वर्षे उमेरहदका कारण उनी भदौ सोही दिनदेखि अवकाश हुनेछिन् ।

गडतौला २०५२ साल पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। उनी २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिवमा भएकी थिइन्।

Recent Comments

No comments to show.