काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। सौर्य एअरलाइन्सको ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटनापछि अहिले उद्धार जारी छ।
प्रारम्भिक जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र इञ्जिनियर मात्र रहेका छन ।
जहाजमा चालकदलका सदस्य, इञ्जिनियर लगायत १९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
९एन–एएमई कलसाइनको सिआरजे २०० जहाज सि–चेक (मर्मत) का लागि पोखरा लैजाने क्रममा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।
हामीले नियामक निकाय क्यानसँग अनुमति लिएर जहाज मर्मतका लागि पोखरा लैजान लागेका थियौं, तर जहाज उड्ने वित्तिकै तल खसेछ, उनले भने, जहाजमा चालक दलका सदस्य र इञ्जिनियरमात्र छन्, यात्रु छैनन् ।
प्रतिक्रिया