सौर्य जहाज दुर्घटना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सौर्य जहाज दुर्घटना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द गरिएको छ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो।

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन्। अहिले उद्धार कार्य चलिरहेको छ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।

विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ। त्यसमध्ये अग्नि नियन्त्रकहरुले ४ जनाको शव निकालेका छन्।a

Recent Comments

No comments to show.