काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। सौर्य एअरलाइन्सको ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटनापछि अहिले उद्धार जारी छ।
जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका छन्।
उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिएका छन्।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो ।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ।
प्रतिक्रिया