एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो ।  नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । अन्य ब्याटरहरु कसैले पनि दोहोरो रन बनाउन सकेनन् ।  

भारतका दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् । त्यसअघि श्रीलंकाको राङगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।  भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन् ।  ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतका लागि ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गरेका थिए । 

नेपालका सीता राना मगरले  २ तथा कविता जोशीले १ विकेट लिए।   समूह ए बाट भारत  र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । 

Recent Comments

No comments to show.