भारतीय बजेट: कुन बस्तु सस्तियो?

भारतीय बजेट: कुन बस्तु सस्तियो?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि नयाँ बजेट पेस गरेकी छिन् । नरेन्द्र मोदी तेस्रो पटक सत्तामा आएपछिको यो पहिलो बजेट हो ।

बजेटमा पुरानो कर प्रणालीमा कुनै पनि हेरफेर गरिएको छैन । आयकर ऐनको ६ महिनाभित्र पुनरावलोकन गरिने सीतारमणले बताएकी छिन् । आयकरलाई सहज बनाइनेछ भने समयमा टीडीएस भुक्तानी नगर्नुलाई अपराध नमानिने उनले बताइन् ।

नयाँ कर प्रणाली छनोट गर्नेहरूका लागि स्ट्यान्डर्ड डिडक्शन ५० हजार भारुबाट बढाएर ७५ हजार भारुमा र्पुयाइएको छ ।

नयाँ कर प्रणाली अन्तर्गत वार्षिक ३ लाख भारुसम्म कुनै कर लाग्ने छैन । त्यसैगरी, ३ देखि ७ लाखसम्म ५ प्रतिशत, ७ देखि १० लाख भारुसम्म १० प्रतिशत, १२ देखि १५ लाखसम्म २० प्रतिशत र १५ लाखभन्दा माथिको वार्षिक आम्दानीमा ३० प्रतिशत कर लाग्ने छ ।

त्यस्तै, बजेटमा पूँजीगत लाभ छुट सीमा २५ हजार भारु बढाएर १ लाख २५ हजार भारुमा पुर्याइएको छ । लगानीकर्तामा लगाइएको एन्जल ट्याक्स हटाइएको छ । दीर्घकालीन पूँजीगत लाभकर (१ वर्षभन्दा माथि)को लगानीमा हुने नाफा १० प्रतिशतबाट बढाएर साढे १२ प्रतिशतमा पुर्याइएको छ । अल्पकालीन पूँजीगत लाभकरको सीमा १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएको छ ।

के सस्तो हुने भयो ?

बजेटमा औषधि र चिकित्सा उपकरणमा भन्सार घटाउने घोषणा गरिएको थियो । यसले क्यान्सरसँग सम्बन्धित औषधिको मूल्य घटाउनेछ ।

त्यस्तै, फोन र चार्जरमा लाग्ने भन्सार महसुल पनि १५ प्रतिशतले घटाइने घोषणा गरिएको छ । यसबाट फोन सस्तो हुनेछ । सुन र चाँदीमा भन्सार महसुल घटाउने घोषणा गरिएको छ ।

Recent Comments

No comments to show.