नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि दैनिक ५० अंक बढीले बढ्दै आएको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला चार कारोबार दिनमै नेप्से २४५ अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा पुगेको छ । यो पछिल्लो २८ महिना यताकै उच्च बिन्दु हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज पनि १५ अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सर्वाधिक ६.८० प्रतिशतले बढेको छ । त्यस्तै, होटल समूह ४.२१ प्रतितश र बैंकिङसमूह ३.८६ प्रतिशतले बढेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड १० लाख रुपैयाँ बढीको ६ लाख ७८ हजार ५७४ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै हिमालयन रि इन्स्योरेन्सका३० करोड ६७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गणपति माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढको छ ।

सिक्लेस हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.