बाढी-पहिरोमा परी १२८ जनाले ज्यान गुमाए

बाढी-पहिरोमा परी १२८ जनाले ज्यान गुमाए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। यो वर्षको मनसुन अवधिमा बाढी-पहिरो जस्ता विपत्तिमा परेर हालसम्म एक सय २८ जनाले ज्यान गुमाएका छन्। मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि शनिबारसम्म ४२ दिनको अवधिमा १२८ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका घटनामा परी आज दिउँसोसम्म एक सय ४३ जना घाइते भएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरो लगायत विपद्‌मा परी काठमाडौँ उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

विपद्‌मा परी पाँच सय ८९ वटा पशु-चौपाया मारिएका छन्। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय ७९ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला पर्न सकेका छैनन्। बस तथा बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ।

Recent Comments

No comments to show.