काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिननै नयाँ रेकर्ड बनाउन थालेको छ । मंगलबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि इतिहासकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि साउन १ गते सुनको मूल्य १ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ४६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर १८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया