गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव

गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा आइतबार बिहान अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो।

शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बस पहिरोले त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुको भएको आशंका गरिएको छ।शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

शनिबार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो। उनीहरु बसका यात्रु भएको पुष्टी भइसकेको छ।

Recent Comments

No comments to show.