काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार निजामती कर्मचारीको तलबमान समायोजन गर्न आदेश दिएको छ ।
सर्वोच्वका न्यायाधीश मनोज कुमार शर्मा र सुनिल कुमार पोस्रेलको संयुक्त इजलासले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी तलबमा समायोजन गर्न सरकारको नाममा परमादेश दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली, गोविन्द खनालसहित ३३ जनाले समान मर्यादा क्रममा रहे पनि तलबमान फरक फरक भएको भन्दै मुद्दा दायर गरेको थिए । सो मुद्दाको फैसला गर्दै सर्वोच्चले समान मर्यादा क्रममा रहेका कर्मचारीको तलबमानमा विभेद नगर्न सरकारको नाममा आदेश जारी गरेको हो ।
अदालतको आदेशसँगै साउन देखि शाखा अधिकृत, उप सचिव र सहसचिवको तलवमान समायोजन हुनेछ । यसबाट राज्यलाई मासिक झण्डै ३ करोड रुपैयाँ दायित्व थपिने भएको छ ।
सरकारले २०७६ वैशाख १६ गते निजामती कर्मचारीहरूको मर्यादाक्रम निर्धारण गरेको थियो । एउटै मर्यादा क्रममा रहेका कर्मचारीहरूको तलबमान भने फरक फरक थियो ।
प्रतिक्रिया