काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाएको छ ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिस अनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो । पार्टीले उनको साधरण सदस्यता भने कायमै राखेकाे छ।
ढकालले पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्याएको भन्दै पार्टीले कारबाही गरेको हो ।
प्रतिक्रिया