काठमाडौं । प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १:०.५०१५ अनुपातमा हकप्रद बिक्रीको अनुमति माग्दै असार १९ गते आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ छ । प्रस्तावित हकप्रद सेयर बिक्रीपछि चुक्ता पूँजी २ अर्ब २७ करोड ६५ लाख १ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।
प्रतिक्रिया