असार १९ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

असार १९ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ असार १९ गते | बुधवार ३ जुलाई २०२४। आषाढ कृष्णपक्ष, द्वादशी तिथि, ७ः०२ बजेपछि त्रयाेदशी। कृत्तिका नक्षत्र, ५ः१६ बजेपछि राेहिणी। चन्द्रराशि वृष।

आजको राशिफल

मेष राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला। कार्यगर्दा विचार पूर्वक गर्नुहोला।

वृष राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको शुरु मै गर्नु होला। सामान्य मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। वित्तीय क्षेत्रमा कम सफलता मिल्नेछ।

मिथुन राशिः अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ।

कर्कट राशिः उन्नति हुने दिन छ। पुरानो धन प्राप्त हुने देखिन्छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। धार्मिक कार्य गर्नु शुभ छ।

सिंह राशिः अध्ययनमा सफलता मिल्ने छ। घर परिवारमा प्रेम सद्भाव रहने छ। व्यापार ब्यवसाय गर्नेहरुलाई राम्रो छ। सामान्य उदर रोग देखिन सक्छ। नयाँ काममा मतान्तर हुन सक्ने छ। वैदेशिक यात्रामा दिन राम्रो छ।

कन्या राशिः राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरेमा कम लाभ प्राप्त हुनेछ। अध्यापनमा सफलता मिल्ने छ। धन ढिला प्राप्त हुनेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ।

तुला राशिः टेक्निकल उद्योगमा लगानी गर्दा शुभ हुन्छ। स्वजनबाट नयाँ सामग्री आउने योग छ । सामान्य उदर रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ।

वृश्चिक राशिः वाणी सफल हुने समय छ। सामान्य चर्म रोग देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

धनु राशिः साथीसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापारमा यात्राको योग देखिन्छ। सामान्य उदर रोग देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला। मध्यम फल प्राप्तिको योग छ।

मकर राशिः सामाजिक पद, सम्मान मिल्ने छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ। अरुको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। पढाईमा कार्यसिद्धि योग रहेको छ।

कुम्भ राशिः व्यापारमा फल प्राप्त हुनेछ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। नयाँ व्यक्तिहरुको कार्यबाट सामान्य बाधा हुन सक्ने छ। उन्नति प्रगति हुने दिन छ।

मीन राशिः आर्थिक लाभमा बाधा हुने छैन। परिवारमा लगानी हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु होला। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.