काठमाडौं । प्रभु बैंकले बिजनेश डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ । बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा आजदेखि पूर्ण नविनतम् सुविधा सहितको बिजनेश डेकिट कार्ड संचालनमा ल्याएको हो ।
प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।
बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको बैंकले जनाएको छ ।
यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । यसबाट व्यापारिक घराना, फर्म, कम्पनी, कर्पाेरेट र व्यापारिक घराना, स्कूल तथा कलेज र विश्वविद्यालय, होटल तथा रेस्टुरेन्ट, अस्पताल लगायत लाभान्वित हुने छन् ।
यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ । बिजनेस डेबिट कार्डको मद्दतले टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरू सँग खरीद गर्न सकिन्छ ।
त्यस्तै, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ ।
प्रभु बैंकद्धारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया