अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा

अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले माशिक ५ हजार पाउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

Recent Comments

No comments to show.