प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटल बीच ग्राहकलाई होटलका विभिन्न सेवामा विशेष छ्ट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल, बजार व्यवस्थापक सबिन राणा र होटलको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.