पहिरोले पाँच परिवार विस्थापित, २३ परिवार जोखिममा

पहिरोले पाँच परिवार विस्थापित, २३ परिवार जोखिममा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन्। अविरल वर्षाका कारण सोमबार बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन्। 

पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए।

सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन्। जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उनले बताए।

पहिरोका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन्। पहिरोले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुई वटा भैँसी, दुई राँगा र स्थानीय मीनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मीनबहादुर तामाङको घर पहिराको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। 

पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युतमा पनि क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

-रासस

Recent Comments

No comments to show.