पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को आज बसेको बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

खुला प्रतिस्पर्धाबाट जोशी छनौट हुनुभएको मन्त्रालयले जनाएको छ। शिक्षा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर झण्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएका छन्।

नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधिअनुसार आफू छनोट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराअनुसार त्यहाँको वस्तु स्थितिअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो। जोशीले आजै पदभार ग्रहण पनि ग्रहण गरेका छन्।

Recent Comments

No comments to show.