धितोपत्र बोर्डको अध्यक्ष पुरानै समितिले छान्ने

धितोपत्र बोर्डको अध्यक्ष पुरानै समितिले छान्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष सिफारिस सिमिति गठन गर्ने निर्णय गरेको हो।

धितोपत्र ऐनको व्यवस्था अनुसार अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन हुने व्यवस्था छ । जसमा अर्थ सचिव पदेन सदस्य र एक जना स्वतन्त्र विज्ञ सदस्य रहने व्यवस्था छ ।

यही व्यवस्था अनुसार गत माघमा पनि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अर्थ सचिव मधुकुमार मरासीनी र विज्ञ सदस्य उदय निरौला सदस्य रहेको उक्त समितिले ६ महिना सम्म पनि अध्यक्ष छनौट हुन सकेको थिएन ।

कानुन बमोजिम तीन जनाको नाम सिफारिस गर्न नसकेपछि सिफारिस समितिले गत शुक्रबार अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । अहिले सरकारले फेरि त्यही समितिलाई अध्यक्ष छनौटको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Recent Comments

No comments to show.