सुनको मूल्या प्रतितोला ८ सय रुपैयाँ घट्यो

सुनको मूल्या प्रतितोला ८ सय रुपैयाँ घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदीको मूल्य घटेको हो।

बुधबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी ८ सय रुपैयाँले घटेको हो।

छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रतिताला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

Recent Comments

No comments to show.