‘मोदीबेनी’को पोस्टर सार्वजनिक

‘मोदीबेनी’को पोस्टर सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिलम ‘मोदीबेनी’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।

पोस्टरमा वर्षासँगै अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलिपकेसीलाई देख्न सकिन्छ।

नयाँ पोस्टर ‘सर्कल थिम’मा रहेको छ। जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ।

पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शंकर कोइरालाले बताए।

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछानेलगायतको अभिनय छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन्।

Recent Comments

No comments to show.