नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाईसहित गितार उपहार

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाईसहित गितार उपहार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिए । 

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे । 

Recent Comments

No comments to show.