अर्थ मन्त्रालयमा सहसचिव हेरफेर, कसलाई कुन जिम्मेवारी ?

अर्थ मन्त्रालयमा सहसचिव हेरफेर, कसलाई कुन जिम्मेवारी ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव रितेशकुमार शाक्यविरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् ।

त्यस्तै प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

सुशीला अर्याल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशक तोकिएको छ ।

Recent Comments

No comments to show.