इजरायलले माग्यो नेपाली कामदार, तलब २ लाखबढी (सूचनासहित)

इजरायलले माग्यो नेपाली कामदार, तलब २ लाखबढी (सूचनासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ ।

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो। विभागले ५ सय जनाको लागि आवेदन मागेको हो ।

अहिले ८ सयले आवेदन दिन पाउने र बाँकी ३ सयलाई वैकल्पिक उम्मेदवारको सूचीमा राखिने बताइएको छ । उनीहरूले त्यहाँ १ वर्षदेखि ५ वर्षसम्म काम गर्न पाउने छन् । नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन।

इजरायल जान इच्छुकले आजबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाइ भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन्। यस्तै, योग्यता पुगेका आवेदकलाई गोल प्रथाबाट छनोट गरिने विभागले जनाएको छ ।

केयरगिभरका लागि जाने नेपालीले ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) महिनाको न्यूनतम तलब तोकिएको छ । यो नेपाली करिब २ लाख ११ हजार रूपैयाँ हुन्छ ।

यसअघि सन् २०२२ मा समेत एक हजार भन्दा बढी केयरगिभर रोजगारीका लागि इजरायल गएका थिए ।

Recent Comments

No comments to show.