अफगानिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा

अफगानिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अफगानिस्तानले टि–२० विश्वकपको नयाँ इतिहास बनाएको छ। मंगलबार बिहान भएको खेलमा बंगालादेशलाई ८ रनले हराउँदै अफगानिस्तान इतिहासकै पहिलो पटक टि–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो।

अफगानिस्तान सेमिफाइनल पुगेसँगे अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि अफगानिस्तानले अस्ट्रेलियालाई हराएको थियो। सुपर ८को समूह १बकाट ६ अंकसहित अफगानिस्तान उपविजेता बन्यो।

वर्षाले प्रभावित बनेको खेलका १९ ओरमा ११४ रनको लक्ष्य पाएको बंगलादेशललाई अफगानिस्तानलाई १७.५ ओभरमा १०५ रनमै रोक्यो।

बंगलादेशका लागि लिटोन दासले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ४९ बलमा ५चौका प्रहार गर्दै ५४ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्। लिटोनबाहेक टोहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए। अन्यलो दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बंगलादेशलाई रोक्ने क्रममा रसिद खानले ४ ओभरमा २३ रन मात्र खेर्चेर ४ विकेट लिए भने नविन उल हकले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट नै लिए। यस्तै, फजलहक फारुकी र गुल्बादिन नइबले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। उसका लागि पुनः एक पटक ओपनरहरुले उत्कृष्ट प्रदर्शृन गरे। रमनुल्लाह गुर्बाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए।

गुर्बाजले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा जद्रानले २९ बलमा १ चौका मद्दतमा १८ रज बनाए। यस्तै, रसिद खानले १० बलमा ३ छक्का प्रहार गर्दै १९ रन बनाए भने ओज्मतुल्लाह गुर्बाजले १० रन बनाए।

बलिङमा बंगलादेशका रिसाद हुसैनले ३ तथा मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए।

अब अफगानिस्तानले सेमिफाइलनमा दक्षिण अफ्रिकाको समाना गर्ने छ।

Recent Comments

No comments to show.