सर्लाहीमा रोकेको ट्रकमा यात्रु बस ठोक्कियो, तीन जनाको मृत्यु, १७ जना घाइते

सर्लाहीमा रोकेको ट्रकमा यात्रु बस ठोक्कियो, तीन जनाको मृत्यु, १७ जना घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । पूर्व–राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, रायमाझी चोकमा बिहीबार बिहान सडक छेऊमा रोकिराखेको भारतीय मालवाहक ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

Recent Comments

No comments to show.