प्रभु बैंकको ग्राहकले चक्रदेव हस्पिटलमा आकर्षक छुट पाउने

प्रभु बैंकको ग्राहकले चक्रदेव हस्पिटलमा आकर्षक छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । प्रभु बैंक लिमिटेड र नुवाकोटको विदुर स्थित चक्रदेव हस्पिटल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकका तर्फबाट बट्टार शाखा कार्यालय प्रमुख  सुबर्ण राज कंडेल र चक्रदेव हस्पिटल प्रालिका तर्फबाट निर्देशक सुशील पन्डितद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् जस अन्तर्गत ओ पि डि टिकट  र फार्मेसीमा भने छुट पाउने छैनन् ।

बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।  

Recent Comments

No comments to show.