एक महिना भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेजी हुने

एक महिना भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेजी हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी विभागले १ महिना (असार) भित्र सबै सहकारीहरूलाई एकीकृत व्यवस्थापन प्रणाली (कोपोमिस)मा आबद्ध हुन आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै यसअघि पटक पटक कोपोमिसमा आबद्ध भई विवरण प्रविष्ट गर्न भने पनि त्यस नगरेकाले अब १ महिनाभित्र आबद्ध भइसक्न अल्टिमेटम दिएको हो ।

‘यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत सबै सहकारी संघसंस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट गरेको नदेखिएकोले १ महिनाभित्र अनिवार्य रुपमा कोपोमिस प्रणालीमा आबद्द भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्नुहुन जानकारी गराईन्छ’ विभागले भनेको छ ।

विभागले अब तोकिएको समय भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारबाही गरिने छ,’ विभागले भनेको छ ।

सहकारी ऐन, २०७४ (संशोधन सहित, २०८०) को दफा ७३ को उपदफा १ (क) मा सबै सहकारीले विभागले तोकेको कोपोमिस प्रणालीमा अनिवार्य रूपमा आबद्ध भई विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको छ ।

साथै, सरकारले आगामी आर्थिक वर्ष २०८१(८२ को नीति तथा कार्यक्रममा समेत यस व्यवस्थालाई राखेको छ ।

सरकारले २०७५ देखि स्थानीय तह तथा प्रदेशबाट कोपोमिसको कार्यान्यन गर्न थालेको थियो । देशभर साढे ३४ हजार सहकारी सञ्चालनमा रहे पनि हालसम्म एकचौथाई सहकारी कोपोमिसमा आबद्ध भएका छैनन् ।

Recent Comments

No comments to show.