सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिकप्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए भने बाँकी सञ्चालकले नै बन्द गरेका हुन् । विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् ।

जहाँ रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । यस्तै,कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।

विभागसँग महानगरप्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेरआइतबार र सोमबार सटर तथा टहराहरुमा ताला लगाएका हुन् ।

Recent Comments

No comments to show.