जेठ २८ गते साेमवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

जेठ २८ गते साेमवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ जेठ २८ गते | साेमवार १० जुन २०२४। ज्येष्ठ शुक्लपक्ष चतुर्थी तिथि, १७ः०७ बजेपछि पञ्चमी। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष : खर्च बढ्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन छ।

वृष : मन खुशी हुने दिन छ। साथीको सहयोग प्राप्त हुनेछ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। लगानी भए व्यापारमा फाइदा हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : अधिकार प्राप्त गर्ने समय आएको छ। तपाईं अल्पमतमा पर्ने जोखिम छ। श्रम गर्दा शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारले धोका दिने जोखिम रहेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। गलत आरोप लाग्नसक्छ। परिवारबाट खुशी मिल्नेछ। सकारात्मक छलफलले मन शान्त बन्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

सिंह : शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको छलफलबाट सुरुवात गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : समय रमाइलो छ। सोचेर लगानी गरेको भए प्रतिफल प्राप्त हुनेछ। प्राविधि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। संकटमा परिवारको राम्रो साथ प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालीन हुनसक्छन्। समाजले तपाईंलाई सम्मान गर्नेछ। परोपकार गर्नु फाइदाजनक हुनेछ। घर शान्त बन्नेछ। परिवारभित्र खुशी प्राप्त हुनेछ।

वृश्चिक : पुरानो रोग नियन्त्रणमा समस्या देखिने छ। शान्त वातावरण रमाउनु राम्रो होला। धेरै तर्क नगर्नु राम्रो होला। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा प्रशंसा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : झुटो आरोप लाग्नेछ। मन अशान्त हुनेछ। सानो कुरा भए पनि दान गर्नु राम्रो हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले विश्वास गरेका पात्रले धोका दिने जोखिम देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : शिक्षामा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुने जोखिम छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। जन्म कुण्डली हेरेर कुनै पनि क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको चित्त बुझाउन कठिन हुनेछ। लगानी गर्ने भए विदेशमा भन्दा स्वदेशमै फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सहकार्यमा सफलता मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.