काठमाडौं । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिदा दुई घन्टादेखि १४ वटा खच्चड फसेका छन् ।
आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जाली चुँडिदा खच्चड फसेका हुन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ।
जीर्ण भएको पुलमा अछाम बाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिए। नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय श्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले बताए। उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।
प्रतिक्रिया