राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्नका लागि सर्वसाधरण तथा सरोकारवालासँग राय/सुझाव माग गरेको हो ।

उक्त ऐनको परिच्छेद(५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । असार १६ गतेसम्म आफ्नो राय सुझाव पेश गर्न राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८१ असार १६ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

आफ्ना राय÷सुझावहरू फोन वा इमेलमार्फत पठाउने सकिने राष्ट्र बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.