जेठ २४ गते बिहीवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

जेठ २४ गते बिहीवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ जेठ २४ गते | बिहीवार ६ जुन २०२४। ज्येष्ठ कृष्णपक्ष औँसी तिथि। रोहिणी नक्षत्र। चन्द्रराशि वृष।

आजको राशिफल

मेष : खर्च बढ्नेछ। आम्दानी क्षेत्र धेरै देखिन्छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने चुनौती देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय रमाइलो छ। नयाँ ठाउँको भ्रमणको अवसर प्राप्त हुनेछ। बौद्धिक र विभिन्न देशका व्यक्तिसँग भेट गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रविधिको क्षेत्रमा लगानी गरेमा फाइदा हुनेछ। जग्गाको कारोबारले खुशी मिल्नेछ। परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ। साथीको सहयोग मिल्नेछ।

कर्कट : पुरानो रिस फेर्ने साथी सक्रिय हुनसक्छन्। झुटा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त हुनेछ। तर लगानी र श्रमको क्षेत्रमा भने तपाईंको सम्मान हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : तपाईंको प्रगतिमा धेरै मानिस खुशी हुनेछन्। लगानीको हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने जोखिम देखिन्छ। परिवारमा विवाद भए पनि सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

कन्या : सम्पत्ति जोगाएर अगाडि बढ्नुपर्ने दिन छ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। कामको बोझ थपिने छ। परिवारको सहयोग प्राप्त होला। गुरुको सुझावले दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। प्रतिस्पर्धी कमजोर छन्। धार्मिक कार्यमा मन जानेछ। समाजसेवामा समय खर्चनु फाइदाजनक हुनेछ। परिवारमा सैद्धान्तिक टकराब हुनेछ। राजनीतिमा सफलता प्राप्त होला।

वृश्चिक : निजी काममा तनाव हुनेछ। संयम भएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षामा उत्साह मिल्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। मिठो खान पाइने छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। शिक्षाको क्षेत्रमा भने उन्नति हुनेछ।

मकर : समय संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। तपाईंको श्रमको प्रशंसा हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

कुम्भ : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। शनिदेवको छाया योगले तनाव बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। दैनिकी सहज बनाउन सानो कुरा दान गर्नु राम्रो हुनेछ।

मीन : दैनिकी सामान्य छ। तपाईंको समस्यामा रमाउने धेरै देखिन्छन्। हरेक काममा सचेत बन्नु राम्रो हुनेछ। शिक्षामा फाइदा हुने योग छ। विदेशमा गरेको लगानीबाट फाइदा होला। परिवारसँगको सम्बन्ध सामान्य भए पनि प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.